प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. आज मिति २०७४ भाद्र २९ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नवलपरासी जिल्लास्थित श्री नं. २ वन तथा पर्यावरण गण अन्तर्गत दाउने सुरक्षा बेश तथा रुपन्देहीको सालझण्डीस्थित श्री नेपाली सैनिक ब्याट्ल स्कुलमा सञ्चालन भईरहेको ‘EXERCISE SURYA KIRAN-XII’ को निरीक्षण गर्नु भएको छ ।

२. उक्त निरीक्षण भ्रमणको क्रममा वहाँले सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा मिति २०७४ भाद्र १८ गतेबाट सञ्चालन भईरहेको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘EXERCISE SURYA KIRAN-XII’ को बारेमा जानकारी हासिल गर्नुको साथै दुवै देशका सेनाद्वारा संयुक्त रुपमा प्रदर्शन भएको विभिन्न अभ्यासहरुको अवलोकन गर्नुको भएको थियो । सोही अवसरमा वहाँले उक्त अभ्यासमा सहभागी फौजसँग अन्तरक्रिया समेत गर्नु भएको थियो ।

३. निरीक्षण भ्रमणकै क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले श्री नं. २ वन तथा पर्यावरण गणको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै नवलपरासी जिल्लामा रहेको दाउन्ने देवी सामुदायीक वनमा वृक्षारोपण गर्नु भएको थियो ।

४. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री आजै काठमाडौं फिर्ता हुनु भएको छ ।