‘EX-SURYA KIRAN-XII’ समापन

१. रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा मिति २०७४ भाद्र १८ गतेदेखि सञ्चालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास INDO-NEPAL BATTALION LEVAL COMBINED TRAINING  ‘EX-SURYA KIRAN-XII’ को आज मिति २०७४ भाद्र ३१ गते बलाधिकृत रथी श्री बलदेव राज महतले एक विशेष कार्यक्रमका बीच समापन गर्नु भएको छ ।

२. प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरि संचालन भएको उक्त संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी श्री जयन्द्र के.सी. र भारतीय सेनाबाट महा सेनानी श्री ललित मोहन मिश्राको नेतृत्वमा दुवै देशका करिब ३००÷३०० जना नफ्रि सहभागी भई अभ्यास सञ्चालन भएको थियो । बलाधिकृत रथी श्री महतले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागी दुवै देशका सैनिकहरुलाई बधाई दिनु हुँदै तालिम प्रति देखाएको समर्पण र कडा परिश्रमले भविश्यमा आई पर्ने जस्तोसुकै चुनौतीहरुलाई प्रभावकारी ढंगले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । साथै वहाँले सहभागी दुवै देशका सैनिकहरुलाई प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो ।

३. संयुक्त अभ्यास ‘EXERCISE SURYA KIRAN-XII’ को परिवेक्षकको रुपमा आउनु भएका भारतीय सेनाका Lieutenant General Jagdeep Kumar Sharma ले समापनको अवसरमा सहभागी सैनिकहरुलाई सम्बोधन गर्नु हुँदै अभ्यास सफलतापूर्वक सम्पन्न गर्नु भएकोमा बधाई दिनु भएको थियो भने उक्त अभ्यासका निर्देशक श्री नं. २२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री शैलेन्द्र शम्सेर थापाले अभ्यास सञ्चालन सम्बन्धी जानकारी गराउनु भएको थियो ।

४. यस संयुक्त अभ्यासबाट नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो । नेपाली सेना र भारतीय सेना वीच सम्पन्न यस सैनिक अभ्यासले दुई देश वीच सदियौं देखि कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाको सकलदर्जा बीचको समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।