प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा श्री मध्य पूर्वी पृतना तथा अन्तर्गत युनिटहरुको निरीक्षण भ्रमण सम्पन्न

१. आज मिति २०७४ भाद्र ३१ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले धनुषा जिल्लाको धारापानीस्थित श्री मध्य पूर्वी पृतना, सप्तरी जिल्लास्थित श्री भिमदल गण तथा अन्तर्गत सुरक्षा बेश कल्याणपुर, महोत्तरी जिल्लास्थित श्री फष्ट रैफल गण र सर्लाही जिल्लास्थित श्री रणशेर गण तथा अन्तर्गत सुरक्षा बेश मलंगवाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त पृतना र गण तथा अन्तर्गत सुरक्षा बेशहरुको स्थलगत निरीक्षण गरी विगत श्रावण महिनामा परेको अविरल वर्षाका कारण आएको बाढीले क्षतिग्रस्त सडक, पुल, कल्भर्ट तथा अन्य पूर्वाधारहरुकोे मरामत गरी पुनः सञ्चालनमा ल्याउन नेपाली सेनाको भूमिका सम्बन्धी जानकारी लिनु भएको थियो । साथै वहाँले आगामी असोज २ गते सम्पन्न हुने स्थानीय तह तेश्रो चरणको निर्वाचनको तयारी तथा अपरेशन, तालिम, बन्दोबस्ती लगायत विविध पक्षबारेमा जानकारी हासिल गर्नु भएको  थियो । सोही क्रममा वहाँले प्रदेश नम्बर २ अन्तर्गतका धनुषा, सप्तरी, महोत्तरी र सर्लाही जिल्लाका स्थानीय प्रशासन तथा सुरक्षा निकायका प्रमुखसँग असोज २ गते सम्पन्न हुने निर्वाचनको तयारी सम्बन्धी अन्तरक्रिया समेत गर्नु भएको  थियो ।

३. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति श्री क्षत्री आजै काठमाडौं फिर्ता हुनु भएको छ ।