प्रधानसेनापति महारथी श्री गुरुङ्ग विविध कार्यक्रममा सरिक

१. मित्रराष्ट्र अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले भ्रमणको सिलसिलामा हिजो मिति २०६७ चैत्र १६ गते West Point स्थित United States Military Academy को भ्रमण गर्नुभयो । २. सो अबसरमा उहाँलाई उक्त Academy का Superitendent Lt Gen David H Huntoon ले स्वागत गर्नुको साथै Academy सम्बन्धि व्रिफिङ समेत गर्नुभएको थियो । तत्पश्चात प्रधानसेनापति गुरुङ्गले उक्त Military Academy को विभिन्न स्थानहरुको अवलोकन भ्रमण समेत गर्नुभएको थियो । भेटघाटको क्रममा दुबै पक्षबाट आ–आफ्नो सैनिक प्रतिष्ठान सम्बन्धमा जानकारी आदान प्रदान हुनुका साथै भविष्यमा समेत दुबै देशका शिक्षक शिक्षार्थीहरुको एक आपसमा हुनसक्ने भ्रमण तथा आदान प्रदान सम्बन्धि सम्भाव्यताका बारेमा समेत छलफल भएको थियो । ३. प्रधानसेनापति महारथी श्री गुरुङ्ग अमेरिकी सरकारको औपचारिक निमन्त्रणामा मिति २०६७ चैत्र १२ गते अमेरिका प्रस्थान गर्नु भएको थियो ।