प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीज्यूबाट सकलदर्जालाई सम्बोधन

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाको नेतृत्व सम्हाल्नु भएको २ वर्ष पूरा भएको सुःखद उपलक्ष्यमा हिजो मिति २०७४ असोज ०९ गते प्रधानसेनापति नियुक्त हुनु भएपश्चात् जारी कमाण्ड मार्ग निर्देशनमा उल्लेखित लक्ष्यहरुको कार्यप्रगति समिक्षा तथा आगामी दिनको योजना सम्बन्धमा सकलदर्जालाई सम्बोधन तथा निर्देशन दिनुभएको छ ।

२.  सम्बोधनको क्रममा वहाँले नेपाली सेना सबै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रबिन्दु भएको उल्लेख गर्नुहुँदै राज्यमा उत्पन्न सङ्कट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेशागत व्यवसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको समेत बताउनुभयो । साथै वहाँले भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बातावरणमा सम्पन्न गर्न मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानीलगायत बिस्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको बाहिरी सुरक्षा जस्ता जिम्मेवारीहरु सफलतापूर्वक निर्वाह गरी आफ्नो व्यवसायिकताको उदाहरणको सर्बत्र प्रशंसा भएको बताउनुहुँदै वहाँले सर्वत्र चासो बनेको राष्ट्रिय गौरवको काठमाण्डौं–तराई/मधेश द्रुतमार्ग अभियान परियोजना लक्षित समय–सिमाभित्र तोकिएको स्तरमा कुनै सम्झौता नगरी निर्माण सम्पन्न गर्न उक्त कार्यमा संलग्न सबैलाई निर्देशनसमेत दिनुभएको छ ।

३. सम्बोधनको क्रममा वहाँले कमाण्ड मार्ग निर्देशन २०७२ मा उल्लेख भएको सामरिक सुरक्षा विश्लेषण तथा अवधारणा सम्बन्धमा राष्ट्रिय सुरक्षा नीति तयारभई राजपत्रमा प्रकाशित भईसकेको र राष्ट्रिय प्रतिरक्षा नीति निर्माण तथा सामरिक तालिम तथा अध्ययन कार्यक्रम स्वदेशमानै सञ्चालन गर्ने दीर्घकालिन योजना कार्यान्वयनको सम्बन्धमा विज्ञहरु सम्मिलित कार्यदल गठनभई नीति तर्जुमा गर्ने कार्य भईरहेको उल्लेख गर्नुभयो । नेपाली सेनाको संरचनालाई समय–सापेक्ष तुल्याउन संशोधित पूनर्ढाँचा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४ बैशाख २९ गतेको बैठकबाट स्वीकृत भई हाल कार्यान्वयनमा आईसकेको, अपरेशनल क्षमता अभिबृद्धि गर्ने क्रममा सैनिक Air Mobility थप प्रभावकारी एवं भरपर्दाे बनाउन आवश्यक व्यवस्था गरिएको र जमिनी फौजको मोबिलिटी अभिबृद्धि गर्ने क्रममा क्रमिक रुपमा सवारी साधनहरु आपूर्ति गर्दै जाने व्यवस्था मिलाइएको सम्बन्धमा उल्लेख गर्नुहुँदै महिला सकलदर्जाको वृत्ति विकासलाई थप व्यवस्थित गर्न नेपाली सेनाकै इतिहासमा पहिलोपटक महिलाहरुमात्र समावेश गरी गोरखकाली गुल्म खडा गरिएको उल्लेख गर्नुभयो । सोही अवसरमा वहाँले विपद् व्यवस्थापनको लागि Search and Rescue  क्षमता अभिबृद्धि गर्न आवश्यक Rescue Equipment प्राप्तीको प्रक्रिया अघि बढीसकेको बताउनुभयो ।

४. वहाँले विश्वमा कहालीलाग्दो गरी बढ्दै गईरहेको आतङ्ककारी हमलाको प्रतिकार गर्न सक्षम फौज तयार पार्ने क्रममा मित्रराष्ट्रका फौजहरुसँग संयुक्त अभ्यासहरु सञ्चालन गर्ने व्यवस्था गरिएको साथै EOD/IEDD Handling क्षमता अभिबृद्धिमा मित्रराष्ट्र अमेरिका तथा बेलायत र United Nations Mine Action Service (UNMAS) सँगको समन्वय र सहकार्यलाई विशेष जोड दिइएको समेत उल्लेख गर्नुहुँदै सैनिक कूटनीतिलाई थप मजबुद तथा सुदृढ गर्न मित्रराष्ट्रका सैनिक सङ्गठनहरुसँगको सहकार्यमा विशेष जोड दिएको समेत बताउनु भयो ।

५. वहाँले नेपाली सेनाको खरिद तथा आपूर्ति प्रक्रियालाई थप पारदर्शी बनाई चालू आर्थिक वर्षबाट सम्पूर्ण खुल्ला बोलपत्रहरु E-Biding    मार्फतमात्र गराउन आवश्यक तयारी गरिएको बताउनुहुँदै ठूलो मात्रामा विदेशबाट खरिद गर्नुपर्ने सामानहरु प्राप्त गर्न G to G मार्फत खरिद गरिने प्रक्रियालाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । उक्त सम्बोधनमा नेपाली सेनालाई आवश्यक पर्ने Clothing, Ammunitions तथा Explosives लगायतका अन्य सैनिक सामाग्रीहरुको परनिर्भरतालाई हटाई स्वदेशमानै उत्पादन गर्दै जाने लक्ष्य अनुरुप समय–सापेक्ष पहिरन सामग्री शाखा र सुन्दरीजल आर्सनल कार्यालयलाई आधुनिकिकरण गर्दै लगिएको समेत बताउनुभयो ।

६. सम्बोधनकै क्रममा प्रधानसेनापति श्री क्षत्रीले चुरे भावर संरक्षणलगायत प्रकृति संरक्षण, विकास निर्माण र नागरिक प्रशासनलाई गरिने सहयोगलाई अझ प्रभावकारी गराउन भएका कार्यहरु र खेलकुदका पूर्वाधारहरु विकास गर्दै जाने लक्ष्य अनुरुप जङ्गी अड्डा अगाडिको प्याराफिट र ८ लेन ट्रयाकसहितको फुटबल मैदानको निर्माण सम्पन्न भएको सम्बन्धमा जानकारी गराउनु भएको थियो । सोही क्रममा  पूर्वजहरुले लडेका विभिन्न युद्धहरुको ऐतिहासिक दस्तावेजहरुलाई सङ्कलन तथा संरक्षण गर्ने कार्य अन्तर्गत स्थान विशेषमा रहेका गढी, कोट, पाटी पौवाहरुलाई जिर्णाेद्वार वा मर्मत सम्भार गर्ने कार्यको थालनी भएको, २०७२ बैशाख १२ र २९ गतेको बिनाशकारी भूकम्पबाट नेपाली सेनाको ११०९ वटा क्षतिग्रस्त भवनहरुको पुनः निर्माण लगायत स्तरीकरण तथा नमूना ब्यारेक निर्माणको प्रगति तथा विभिन्न कल्याणकारी योजनाबारे समेत सकलदर्जालाई जानकारी गराउनुभएको थियो ।

७. नेपाली सेना नेपालको गौरव, नेपाली जनताको साझा सम्पत्ति, राष्ट्रको पहरेदार, राष्ट्रिय एकताको प्रतिबिम्वको रुपमा स्थापित रहेको बताउनु हुँदै वहाँले सदैव नेपाल र नेपालीको सेवामा समर्पित रही आफ्नो कर्तव्यपथमा अडिग भएर दृढता र ऐक्यबद्धताका साथ काम गर्ने प्रेरणा मिलोस् भन्ने शुभेक्षा सहित स्वदेश तथा विदेशमा रहनुभएका नेपाली सेनाका सकलदर्जा, अन्तर्गत निजामती कर्मचारीहरु, अवकास प्राप्त सैनिकहरु लगायत सम्पूर्ण सैनिक परिवारजनहरुमा विजया दशमी २०७४ को शुभकामना समेत व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, अन्यदर्जा तथा नेपाली सेनामा कार्यरत निजामति कर्मचारीहरुको उपस्थिति रहेको थियो ।