प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा नवनिर्मित पुलको समुद्घाटन

१. आज मिति २०७४ असोज १० गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा राष्ट्रिय गौरवको आयोजनाहरु मध्ये नेपाली सेनाद्वारा निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङ्ग जिल्लास्थित पालुङ्ग खोला र गुल्मी जिल्लास्थित ठेउले खोलामा नवनिर्मित पुलहरुको समुद्घाटन गर्नुभएको छ । उक्त पुलहरुको लम्बाई क्रमशः २४ मिटर र २७ मिटर रहेको छ ।

२. उक्त समुद्घाटन कार्यक्रम पश्चात् प्रधानसेनापति महारथी श्री क्षत्रीले भरतपुरस्थित श्री महिन्द्रदल गणको निरीक्षण भ्रमण गर्नुभई आजै काठमाडौं फिर्ता हुनुभएको छ ।