‘बडा दशैं २०७४’ को उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ कार्यक्रम सम्पन्न

१. आज मिति २०७४ असोज ११ गते सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुंडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ कार्यक्रम सम्पन्न भएको छ ।

२. उक्त कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथी सम्माननीय राष्ट्रपतिमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने ‘बडा दशैं २०७४’ को उपलक्ष्यमा नेपाली सेनाले राईफलबाट छिटो लहरे बढाइँ, बेग्ला बेग्लै पाटामा एकठ्ठा बढाइँ र सबै पाटाले एकठ्ठा बढाइँ गरेको थियो । त्यसैगरी, सोही अवसरमा बढाइँ कवाज टोलीले स्वस्तीक चिह्न तथा फूलपाती अक्षर बनाई लहरे र एकठ्ठा बढाइँ गर्नुको साथै विभिन्न तोपबाट समेत लहरे तथा एकठ्ठा बढाइँ गरेको थियो । बढाइँ कार्यक्रमको अन्त्यमा, बढाइँ कवाजमा भाग लिने टोलीहरुले इज्जत अर्पण कवाज (मार्च पाष्ट) समेत प्रदर्शन गरेको थियो । सोही अवसरमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीबाट श्री रणचण्डी गणलाई निशान प्रदान गर्नुभएको थियो ।

३. नेपाली सेनाद्वारा आयोजित उक्त फूलपाती बढाइँ समारोहमा कार्यवाहक प्रधानमन्त्री श्री विजय कुमार गच्छदार, उपप्रधानमन्त्री श्री गोपालमान श्रेष्ठ, रक्षामन्त्री श्री भिमसेनदास प्रधान, संवैधानिक अङ्गका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति, रक्षा सचिव, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रधानसेनापतिहरु तथा पूर्वरथीबृन्दहरु, रथीबृन्दहरु, नेपालस्थित विदेशी नियोगका सैनिक सहचारीहरु, विभिन्न क्षेत्रका लब्ध–प्रतिष्ठित व्यक्तित्वहरु, सेनानी समूह लगायत सञ्चारकर्मीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।