नेपाली सेना र अमेरिकी सेना बीच संयुक्त तालिम/अभ्यास Teak Nail 18-3045 सञ्चालन

१. नेपाली सेनाको छाउनीस्थित श्री महावीर रेञ्जर रेजिमेन्ट र अमेरिकी सेनाको 320th Special Tactics Squadron, 353 Special Operation Group बीच मिति २०७४ असोज ३० गतेबाट Teak Nail 18-3045 तालिम सञ्चालन भएको छ ।

२. उक्त तालिम विपद् व्यवस्थापन सम्बन्धी उच्च पहाडी, हिमाली र उच्च हिमाली क्षेत्रमा उद्धार लगायत हिमाली युद्धकला जस्ता विषयमा आधारित रही सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले श्री महावीर रेञ्जर रेजिमेन्ट छाउनी, कास्की जिल्लाको पोखरा र मुस्ताङ जिल्लाको जोमसोम तथा मुक्तिनाथ ईलाकामा २०७४ कार्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।

३. यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुनुको साथै दुबै देशका सेनाको हिमाली युद्धकला सम्बन्धी क्षमता बृद्धिमा समेत सहयोग पुग्ने छ । साथै, यस किसिमको संयुक्त तालिमबाट दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता प्रदान गरी सम्बन्ध अझ बढी मजबुद बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।