काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माण कार्यदलको भौतिक पूर्वाधारहरुको समुद्घाटन

१. आज मिति २०७४ कार्तिक १ गते काठमाडौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजनाको निर्माण कार्यदलको नवनिर्मित भौतिक पूर्वाधारहरुको अधिकार सम्पन्न निर्देशक समितीका अध्यक्ष एवं बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिकास्थित मख्खुवेशींमा समुद्घाटन गर्नुभएको छ । करिब ११० जना क्षमताको उक्त क्याम्पमा द्रुतमार्ग निर्माणका लागि आवश्यक जनशक्तिको वासस्थानका साथै अन्य भौतिक सामाग्रीहरु समेत भण्डारण गर्ने स्थानहरु निर्माण गरिएको छ ।

२. द्रुतमार्ग निर्माणका लागि पहिलो चरणमा निर्माण सुरु गरिएको उक्त भौतिक पूर्वाधारहरुको समुद्घाटन गर्ने क्रममा बलाध्यक्ष रथी श्री थापाले नेपाल सरकारले निर्धारण गरेको समयसिमा भित्र नै आयोजना सम्पन्न गर्न नेपाली सेना पूर्णरुपमा कटिबद्ध रहेको र उक्त कार्यका लागि स्थानीय बासिन्दा तथा अन्य सरोकारवाला निकायहरुको समेत पूर्ण साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । यसैगरि, उहांले छोटो समयमा नै निर्माण सम्पन्न गरिएको वेशले द्रुतमार्ग समयमै सम्पन्न गर्न महत्वपूर्ण र प्रतिकात्मक भूमिका खेल्ने बताउनुभयो ।

३. वेशमा निर्माण गरिएको भौतिक पूर्वाधारहरुको समुद्घाटन कार्यक्रममा आयोजना प्रमुख तथा इन्जिनियरिङ विभागका प्रमुख उपरथी श्री योेगेन्द्र बहादुर खांडले आयोजनाको प्राविधिक पक्ष र निर्माण योजनाका वारेमा प्रकाश पार्नुभएको थियो । यस्तै, रक्षा मन्त्रालयका सहसचिव श्री आनन्दराज रेग्मीले उक्त आयोजनालाई नेपाल सरकारले उच्च प्राथमिकता दिएकाले बजेट तथा अन्य कुनै पनि पक्षमा कमी हुन नदिने विश्वास व्यक्त गर्नुभयो ।

४. उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, काठमाडौं र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, दक्षिणकाली नगरपालिकाका प्रमुख, नेपाली सेनाका अधिकृत, सञ्चारकर्मी लगायत स्थानीय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।