प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणको लागि प्रस्थान

१. नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको U.S. Armed Forces का Chairman of the Joint Chifes of Staff General Joseph F. Dunford, Jr. को निमन्त्रणामा मित्रराष्ट्र अमेरिकाको वासिङ्टन डी.सी.मा मिति २०७४ कार्तिक ०६ गतेदेखि ऐ. ०७ गतेसम्म आयोजना हुने 'Global Chiefs of Defense Conference on Countering - Violent Extremist Organization (VEOs)' मा सहभागी हुन मिति २०७४ कार्तिक ०४ गते संयुक्त राज्य अमेरिका तर्फ प्रस्थान गर्नुभएको छ ।

२.  प्रधानसेनापति महारथी श्री क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले बिदाई गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाण्डौस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

३. भ्रमणको अवधिभर प्रधानसेनापति महारथी श्री क्षत्रीको अनुपस्थितिमा बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी श्री क्षत्री मिति २०७४ कार्तिक ०९ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

४. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र अमेरिकालगायत अन्य सहभागी मित्रराष्ट्रहरुका सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।