नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता सम्पन्न

  • १. नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता आज मिति २०६७ जेष्ठ १२ गते जंगी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
  • २. सो समारोहमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले उक्त प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीहरुलाई नगद पुरस्कार र प्रमाणपत्र तथा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । “नेपाली सेना, राष्ट्रको गौरव – इतिहासदेखि वर्तमानसम्म” शिर्षकको लघु चलचित्र प्रतियोगितामा सर्वोत्कृष्ट घोषित “शुन्य फिल्मस्” ले ५० हजार रुपैंया, द्वितीय स्थान हासिल गरेको “ईन्डिपेन्डेन्ट फिल्म सोसाइटी, नेपाल” ले ३५ हजार रुपैंया र तृतीय स्थान ओगट्न सफल “राजेन्द्र सापकोटा” ले २५ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेका छन् ।
  • ३. सो अवसरमा प्रमुख अतिथि प्रधानसेनापति महारथी श्री गुरुङ्गले उक्त प्रतियोगिताका निर्णायक मण्डलहरुलाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नु भएको थियो ।
  • ४. सोही समारोहमा, वहाँले “सिपाही” बार्षिक २०६६ पत्रिकाका निर्णायक मण्डल र उत्कृष्ट लेखकहरुलाई समेत नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
  • ५. उक्त समारोहमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, नेपाली चलचित्र क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु एवम् लघु चलचित्र प्रतियोगिताका सहभागीहरुको उपस्थिति रहेको थियो ।