प्रधानसेनापतिद्वारा महावीर रेञ्जर रेजिमेन्टलाई निशान झण्डा प्रदान

१. हिजो मिति २०७४ कार्तिक १० गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले छाउनी स्थित महावीर रेञ्जर रेजिमेन्टलाई एक विशेष समारोहका बीच निशान झण्डा प्रदान गर्नु भएको छ ।

२. नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४ बैशाख २९ गतेको निर्णय अनुसार नेपाली सेनाको संशोधित पुनर्ढाँचा अनुरुप तत्कालिन महावीर गण (रेञ्जर) लाई महावीर रेञ्जर रेजिमेन्टमा स्तरोन्ती गरी उक्त रेजिमेन्ट अन्तर्गत दुई वटा रेञ्जर गण (फष्ट र सेकेण्ड रेन्जर गण) खडा गरिएको थियो ।

३. उक्त समारोहमा प्रधानसेनापति श्री क्षत्रीले सम्बोधन गर्नुहुँदै नेपाली सेनाको पहिलो अपरेशनल रेजिमेन्टको स्थापनासँगै एक एतिहासिक दिन भएको कुरा बताउनु हुँदै नेपाली सेना र मित्रराष्ट्र अमेरिकाका सेनाबीचको द्धिपक्षीय सम्बन्ध कालान्तरसम्म रही रहने विश्वासव्यक्त गर्नु भएको थियो । साथै वहाँले नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुदै आएका विभिन्न संयुक्त तालिमहरुलाई निकट भविश्यमा अझ प्राथमिकतामा राख्नु पर्ने कुरा बताउनु भयो । सम्बोधनकै क्रममा वहाँले मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) को वेल्स, ब्रेकनमा मिति २०७४ असोज २७ गतेबाट मिति २०७४ कार्तिक ५ गतेसम्म सञ्चालन भएको Exercise Cambrian Patrol 2017 मा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गर्नमा श्री महावीर रेञ्जर रेजिमेन्टको विशेष योगदान रहेको कुरा समेत बताउनु भएको थियो ।

४. सो समारोहमा पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल, नेपालका लागि अमेरिकी राजदुत ब्बिष्लब द्य। त्भउष्तिश, नेपाली सेनाका रथीबृन्द, नेपालका लागि बेलायती तथा अमेरिकी सैनिक सहचारी, नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जा तथा मित्रराष्ट्र अमेरिकाका १३ जना सैनिकहरुको समेत उपस्थिति रहेको थियो ।