प्रधानसेनापतिद्वारा सम्मान तथा कदर पत्र प्रदान

१. मिति २०७४ कार्तिक ११ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको कान्तिपुर कक्षमा ‘राख्छौ हाम्रो देशको सान दिई रगतको बलिदान’ भन्ने आदर्श बाक्य रहेको श्री काली बहादुर गणद्वारा आयोजित  सम्मान कार्यक्रममा उक्त गणको गौरवमय इतिहास, परम्परा र संस्कृतिलाई जर्गेना गर्न विगत लामो समयदेखि विशेष योगदान पु¥याउनु भएका सैनिक तथा गैह्रसैनिक व्यक्तिहरुलाई सम्मान स्वरुप दोसल्ला ओडाई सम्मान गर्नुको साथै अभिन्नदन पत्र प्रदान गर्नु भएको छ ।

२. श्री काली बहादुर गणको इतिहास एवं मौलिक परम्परालाई हालका दिनसम्म निरन्तरता दिन संगित, बाद्धयवाधन, नाटक, भेषभुषा तथा गीतगान विधामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका प्राविधक सहायक रथी श्री शुभ बहादुर सुनाम (अ.प्रा.), पूर्व गणपति महा सेनानी श्री शंकर विक्रम शाह (अ.प्रा.), स्व. प्रा.सह. सेनानी कृष्णहरी भुषाल लगायत लामो समयसम्म गणलाई विविध क्षेत्रबाट सहयोग पु¥याउनु हुने बरिष्ठ स्रष्टाहरु श्रीमती तारा थापा, श्री प्रचण्ड मल्ल, श्रीमती तिर्थ कुमारी, श्री कमल क्षेत्री, स्व. बल बहादुर नेपाली, श्री राधेश्याम श्रेष्ठ, श्रीमती नारायणदेवी श्रेष्ठ, श्री रामलाल श्रेष्ठलाई सम्मान स्वरुप अभिन्नदन पत्र प्रदान गरिएको थियो ।

३. उक्त कार्यक्रममा प्रधानसेनापति श्री क्षत्रीले सम्बोधन गर्नुहुँदै नेपालको सैनिक इतिहासमा ऐतिहासिक विशेषता बोकी अग्रपंतिमा रहेका श्री काली बहादुर गणले यस प्रकारको कार्यक्रम आयोजना गर्नुले इतिहासलाई गर्वगर्दै त्यसबाट सिकेका पाठहरुमार्फत वर्तमानमा आफुलाई तिर्खान र भविश्यलाई हौसला प्रदान गर्ने विश्वास लिएको कुरा व्यक्त गर्नु भएको थियो । वहाँले सम्मानित व्यक्तित्वहरुले पु¥याउनु भएको विशिष्ट योगदानको कदर गर्दै काली बहादुर गण लगायत नेपाली सेनाको तर्फबाट अभार प्रकट गर्नु भएको थियो ।

४. सो कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।