प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान

१. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४ कार्तिक २० गतेकोे निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती हुनुभएका प्रबन्धरथीको कार्यालयका सहायक रथी श्री शशी बहादुर सिंह तथा श्री सैनिक सामाग्री उत्पादन तथा यान्त्रिक सेवा निर्देशनालयका प्राविधिक सहायक रथी श्री अजित वरसिंह थापालाई आज मिति २०७४ कार्तिक २१ गते जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

२. उपरथी दर्जामा पदोन्नोती हुनुभएका उपरथी श्री सिंहलाई प्रबन्धरथीको कार्यालयको प्रमुखको जिम्मेवारी प्रदान गर्नुको साथै प्राविधिक उपरथी श्री थापालाई सैनिक सामाग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयको प्रमुखको जिम्मेवारी दिईएको छ ।