प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री सिन्धुलीगढीमा आयोजित विशेष समारोहमा सहभागी

१. नेपाली सेनाले सिन्धुलीगढीमा अङ्ग्रेजविरुद्धको लडाईमा विजय हासिल गरेको २५० वर्ष पुगेको उपलक्ष्यमा आज मिति २०७४ कार्तिक २४ गते सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको विशेष कार्यक्रममा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री सहभागी हुनुभएको छ ।

२. उक्त विशेष समारोहमा नेपाली सेनाको नं.९ बाहिनी अड्डाद्वारा नाटक प्रदर्शन, सेपाताङ्ग्रो खेलको प्रदर्शनी, ऐतिहासिक हात–हतियार तथा पोशाक प्रदर्शन गरिएको थियो ।

३. उक्त विशेष कार्यक्रम पश्चात् प्रधानसेनापति महारथी श्री क्षत्री रामेछाप जिल्लास्थित श्री नन्दाबक्स गणको निरीक्षणको लागि त्यस तर्फ प्रस्थान गर्नुहुने र सोही गणमा रात्री मुकाम रहनुहुने कार्यक्रम रहेको छ ।

४. साथै निरीक्षण भ्रमणको क्रममा भोलि मिति २०७४ कार्तिक २५ गते प्रधानसेनापति महारथी श्री क्षत्रीले दोलखा र सिन्धुपाल्चोक जिल्लास्थित सुरक्षा पोस्ट्हरुको निरीक्षण गर्नुभई काठमाण्डौं फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।