प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सोलुखुम्बुस्थित श्री अमरदल गुल्म, ओखलढुंगास्थित श्री शम्शेरदल गण, ईटहरीस्थित श्री पूर्वी पृतना हे.क्वा., हेटांैडास्थित श्री मध्य पृतना हे.क्वा. र धादिङ जिल्लाको बैरेनीस्थित श्री नं.६ बाहिनी अड्डाको निरीक्षण भ्रमण सम्पन्न गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री क्षत्रीले उक्त युनिटहरुको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन नेपाली सेनाको तयारीको बिषयमा जानकारी हासिल गर्नुभएको थियो ।

३. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी श्री क्षत्री आजै काठमाडौं फिर्ता हुनुभएको छ । निरीक्षण भ्रमणको लागि वँहा मिति २०७४ कार्तिक २९ गते काठमाण्डौबाट श्री पूर्वी पृतना हे.क्वा. तर्फ प्रस्थान गर्नुभएको थियो ।