प्रधानसेनापति महारथी श्री गुरुङ्ग विविध कार्यक्रममा सरिक

१. मित्रराष्ट्र अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग भ्रमणको सिलसिलामा हिजो मिति २०६७ चैत्र १७ गते विविध कार्यक्रमहरुमा सरिक हुनुभयो । २. सोहि क्रममा हिजो बिहान प्रधानसेनापति महारथी श्री गुरुङ्गले Ms Susana Malcorra, Under Secretary General for Department of Field Support सँग भेटवार्ता गर्नुभयो । सो अबसरमा विभिन्न देशहरुमा तैनाथ नेपाली शान्ति सैनिकको मिसनहरुको बन्दोवस्ती सम्बन्धमा कुराकानी हुनुका साथै भविष्यमा संयुक्त राष्ट्रसंघको तर्फवाट प्राप्त हुनसक्ने बन्दोवस्ती सहयोग -Logistic Support_ का सम्बन्धमा छलफल भएको थियो । जसले गर्दा नेपाली सेनाको भविष्यमा शान्ति मिसनहरुमा हुने तैनाथीलाई छोटो समयमा प्रभावकारी रुपमा आफ्नो तयारी सम्पन्न गरी मिसन ईलाकामा तैनाथ हुनसक्ने संभावनाको वारेमा समेत कुराकानी भएको थियो । ३. त्यसै गरी हिजो अपरान्ह नै उहाँले Mr B.Lynn Pascoe, Under Secretary General for Political Affairs, UNHQ सँग समेत भेटवार्ता गर्नु भयो । भेटघाटको क्रममा उहाँहरुविच शान्ति स्थापनार्थ कार्यमा विभिन्न मिसनहरुमा भविष्यमा हुनसक्ने नेपाली सेनाको सहभागिताका संभाव्यता सम्बन्धि छलफल भएको थियो । ४ प्रधानसेनापति महारथी श्री गुरुङ्ग अमेरिकी सरकारको औपचारिक निमन्त्रणामा मिति २०६७ चैत्र १२ गते अमेरिका प्रस्थान गर्नु भएको थियो ।