‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७४’ आजबाट शुभारम्भ

१. नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको ‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७४’ को आज मिति २०७४ मंसिर ०१ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले जङ्गी अड्डास्थित फुटबल मैदानमा एक बिशेष समारोहका बीच निर्णायक मण्डललाई फुटबल हस्तान्तरण गर्नुभई प्रतियोगिताको समुद्घाटन गर्नुभएको छ ।

२. ‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७४’ मा मित्रराष्ट्र भारतको सिक्किम महिला फुटबल टिम र विहार महिला फुटबल टिम गरी दुई, घरेलु विभागीय महिला फुटबल टिम तीन र पाँच विकासक्षेत्रका महिला फुटबल टिम पाँच गरी जम्मा दश टिमको सहभागिता रहेको छ ।

३. जङ्गी अड्डा तथा लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा मिति २०७४ मंसिर ०७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता अन्तर्गत आज नेपाली सेनाको त्रिभुबन आर्मी महिला फुटबल टिम र पश्चिमाञ्चल महिला फुटबल टिमबीच भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी महिला फुटबल टिमले पश्चिमाञ्चल महिला फुटबल टिमलाई १२—० गोल अन्तरले पराजित गरेको छ । सो उद्घाटन खेलमा त्रिभुवन आर्मी महिला फुटबल टिमकी कृष्णा खत्री उत्कृष्ट खेलाडी घोषित भईन । उनले व्यक्तिगत ७ गोल गरेकी थिईन । साथै लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा मध्यपश्चिमाञ्चल महिला फुटबल टिम र नेपाल प्रहरीको महिला फुटबलबीच आजै भएको खेलमा नेपाल प्रहरीको महिला फुटबल टिमले मध्यपश्चिमाञ्चल महिला फुटबल टिमलाई १२—० गोल अन्तरले पराजित गरेको छ । उक्त खेलमा नेपाल प्रहरी महिला फुटबल टिमकी निर्मला वि.क.उत्कृष्ट खेलाडी घोषित भईन । उनले व्यक्तिगत ४ गोल गरेकी थिईन । प्रतियोगितामा सबै खेलहरु नक आउटका आधारमा खेलाईएको छ ।

४. समुद्घाटन कार्यक्रममा रक्षा सचिव श्री विनोद के.सी., नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, अखिल नेपाल फुटबल सङ्घका पदाधिकारीहरु, नेपाली सेनाका रथीबृन्दहरु, नेपालस्थित बिदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतहरु, सञ्चारकर्मीलगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।