मित्रराष्ट्र म्यानमारका Commander-in-Chief of Defense Services Senior General Min Aung Hlaing भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. औपचारिक भ्रमणको सिलसिलामा मिति २०७४ मंसिर २४ गते नेपाल आउनु भएका मित्रराष्ट्र म्यानमारका Commander-in-Chief of Defense Services Senior General Min Aung Hlaing ४ (चार) दिने भ्रमण सम्पन्न गरी आज मिति २०७४ मंसिर २७ गते स्वदेश फिर्ता हुनु भएको छ ।

२. Senior General Min Aung Hlaing लाई बलाध्यक्ष रथी श्री हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो ।

३. भ्रमणको क्रममा उहाँलाई मिति २०७४ मंसिर २४ गते जंगी अड्डामा सशस्त्र द्वन्द्व पश्चात् तत्कालिन लडाकुहरुको नेपाली सेनामा भएको सफल समायोजन सहितको शान्ति प्रक्रिया, नेपाली सेनाद्वारा भूकम्पको समयमा पु¥याएको योगदान तथा यसबाट सिकिएको पाठहरु र नेपाली सेनाले संयुक्त राष्ट्र संघको आव्हानमा विश्व शान्ति स्थापना कार्यमा पुर्‍याएको योगदान एवं सो को अनुभव सम्बन्धी विषयहरुमा जानकारी गराईएको थियो भने नेपाली सेनाले विश्व शान्ति स्थापना कार्यमा पु¥याएको योगदान सम्बन्धि थप जानकारीको लागि उहाँले मिति २०७४ मंसिर २५ गते काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण समेत गर्नु भएको थियो ।

४. भम्रणकै क्रममा उहाँले सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय रक्षामन्त्री, प्रधानसेनापति लगायत उच्चपदस्थ सैनिक व्यक्तिहरुसँग समेत भेटवार्ता गर्नु भएको थियो । साथै उहाँले लुम्बिनीलगायत नेपालका केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नुभएको थियो ।

५. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।