प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७४ मंसिर १५ गते बुटवलस्थित श्री मध्य पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण सम्पन्न गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री क्षत्रीले उक्त पृतनाको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन भएका तयारीहरुको बिषयमा जानकारी हासिल गर्नुभएको थियो ।

३. सोहि अवसरमा वहाँले चितवन जिल्लाको मेघौलीमा श्री प्यारा तालिम शिक्षालयद्वारा एम.आई.१७ हेलिकप्टरबाट भएको परिक्षण जम्प र श्री युद्धभैरव गणबाट प्रस्तुत गरिएको ड्रोन उडान प्रर्दशनीको अवलोक समेत गर्नुभएको थियो । उक्त दुबै कार्यक्रमहरु सम्पन्न गरी प्रधानसेनापति महारथी श्री क्षत्री आजै काठमाडौं फिर्ता हुनुभएको छ ।