प्रधानसेनापति महारथी श्री गुरुङ्ग संयुक्त राष्ट्रसंघीय पदाधिकारीहरुसंगको भेटघाटमा

१. मित्रराष्ट्र अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले भ्रमणको सिलसिलामा हिजो मिति २०६७ चैत्र १८ गते अपरान्ह न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा Mr Alain Le Roy, Under Secretary General for Peace Keeping Operations सँग भेटवार्ता गर्नुभयो । सोहि दिन बिहान राष्ट्रसंघीय मुख्यालयमै उहाँले Lt Gen Babacar Gaye, Military Adviser for UN Peacekeeping Operations सँग समेत भेटवार्ता गर्नुभएको थियो । भेटको क्रममा उहाँहरुविच नेपाली सेनाले विभिन्न शान्ति मिसनहरुमा पु¥याएको योगदान तथा भुमिकाको वारेमा समेत छलफल भएको थियो । २. प्रधानसेनापति महारथी श्री गुरुङ्ग अमेरिकी सरकारको औपचारिक निमन्त्रणामा मिति २०६७ चैत्र १२ गते अमेरिका प्रस्थान गर्नु भएको थियो ।