‘६९ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस’ को उपलक्ष्यमा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीबाट सकलदर्जालाई सन्देश

१. भोली मिति २०७४ मंसिर २४ (तद्अनुुसार १० डिसेम्बर २०१७) गते मनाईने ‘६९ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस’ को उपलक्ष्यमा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाका सकलदर्जालाई शुभकामना सन्देश दिनु भएको छ ।

२. उहाँले शुभकामना सन्देशमा विश्वमा भइरहेका सशस्त्र द्वन्द्वलाई व्यवस्थित गर्नको लागि युद्ध सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरु तर्जुमा भएतापनि सशस्त्र द्वन्द्व आफैंमा जटिल अवस्था भएको हुँदा उक्त कानूनहरुले वर्जित गरेका घटनाहरु समेत देख्न सुन्नमा आएको उल्लेख गर्नुहुँदै नेपालमा घटेको द्वन्द्व आफ्नै किसिमको भएको र नेपाली स्वयंले नै शान्तिमा रुपान्तरण गरेको सन्दर्भमा विस्तृत शान्ति सम्झौता २०६३ मा भएका प्रावधानहरु अनुरुप मानव अधिकारको उलङ्घनका विषयलाई सम्बोधन गर्न गठन भएको तथा गठन हुने संक्रमणकालिन न्याय (Transitional Justic) ले सबै पक्षलाई चित्त बुझाई आफ्नो कार्य सम्पन्न गर्नेछ भन्ने कुरामा नेपाली सेना विश्वस्त रहेको बताउनु भएको छ ।

३. सोही क्रममा प्रधानसेनापति महारथी श्री क्षत्रीले संविधानको परिधीभित्र रही नेपाली जनताको मौलिक अधिकार र मानव अधिकार सम्वद्र्धन गर्ने क्रममा जस्तोसुकै चुनौतीपूर्ण अवस्थामा समेत अविचलित रही कार्य सम्पादन गर्ने नेपाली सेनाका सकलदर्जालाई धन्यवाद दिनुहुँदै सो कार्यले भविष्यमा पनि निरन्तरता पाओस् भन्ने सदिक्षाका साथ ‘६९ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस’ को सु–अवसरमा सकलदर्जालाई शुभकामना दिनु भएको छ ।