प्रधानसेनापति र नेपालका लागि थाईल्याण्डका महामहिम राजदूतबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७४ पौष २८ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित थाईल्याण्ड राजदुतावासका महामहिम राजदूत Mr Bhakavat Tanskul ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री क्षत्री र महामहिम राजदूत Mr Tanskul बीच व्दिपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।