प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीव्दारा मित्रराष्ट्र श्रीलङ्काको औपचारिक भ्रमण सम्बन्धमा

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र श्रीलङ्काकाका सेना प्रमुख (Commander of the Sri Lanka Army) को औपचारिक निमन्त्रणामा भोलि मिति २०७४ माघ ०३ गते मित्रराष्ट्र श्रीलङ्का तर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।

२. भ्रमणको दौरान उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । सोही क्रममा उहाँले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

३. भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी श्री क्षत्री मिति २०७२ माघ ११ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

४. यस किसिमको उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट दुई देशबीच लामो समयदेखि रहँदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुनुको साथै नेपाली सेना तथा श्रीलङ्का सेनाबीचको आपसी सहयोग तथा सद्भाव अरु प्रगाढ हुन जाने विश्वास नेपाली सेनाले लिएको छ ।