प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र श्रीलङ्काको औपचारिक भ्रमणको लागि प्रस्थान

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुख (Commander of the Sri Lanka Army) को औपचारिक निमन्त्रणामा आज मिति २९७४ माघ ०३ गते मित्रराष्ट्र श्रीलङ्का तर्फ प्रस्थान गर्नु भएको छ ।

२. प्रधानसेनापति महारथी श्री क्षत्रीलाई बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो । यसअघि, प्रधानसेनापति महारथी श्री क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द, नेपालस्थित श्रीलङ्काका महामहिम राजदूतलगायत विभिन्न मित्रराष्ट्रका आवासिय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।

३. भ्रमणको दौरान उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । सोही क्रममा उहाँले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

४. भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी श्री क्षत्री मिति २०७४ माध ११ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

५. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।