मित्रराष्ट्र श्रीलङ्काको औपचारिक भ्रमणको क्रममा भेटवार्ता

१. मित्रराष्ट्र श्रीलङ्का भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले मिति २०७४/१०/०५ गते श्रीलङ्काका सम्माननिय राष्ट्रपति Pallewatte Gamaralalage Maithripala Yapa Sirisena सँग भेटवार्ता गर्नु भएको छ । सोहि दिन वहाँले जल सेना प्रमुख Vice Admiral Sirimevan Sarathchandra Ranasinghe सँग जलसेना मुख्यालयमा भेटवार्ता गर्नु भएको थियो ।

२. यस अधि मिति २०७४/१०/०४ गते उहाँले स्थल सेना प्रमुख Lieutenant General N.U.M. Mahesh W. Senanayke, RWP, RSP, USP, psc र हवाई सेना प्रमुख Air Marshal Kapila Jayampathy सँग सम्बन्धित मुख्यालयमा भेटवार्ता गर्नु भएको थियो । भ्रमणकै क्रममा प्रधानसेनापति श्री क्षत्रीले श्रीलङ्का सेनाको महत्त्वपूर्ण सैनिक संरचनाहरुको समेत भ्रमण गर्नु भएको छ ।

३. औपचारिक भ्रमणको लागि प्रधानसेनापति महारथी श्री क्षत्री मिति २०७३/१०/०३ गते मित्रराष्ट्र श्रीलङ्का प्रस्थान गर्नुभएको हो । उहाँ भ्रमण सम्पन्न गरी मिति २०७४/१०/११ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।