प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीव्दारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७४ माघ १३ गते श्री पूर्वी पृतना हे.क्वा. अन्तर्गत सुनसरी जिल्लाको कोशीटप्पुस्थित श्री शत्रुभञ्जन गुल्म, ईलामस्थित श्री पशुपति प्रसाद गणा र इटहरीस्थित श्री गौरीबक्स गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री क्षत्रीले उक्त गण तथा गुल्महरुको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

३. प्रधानसेनापति महारथी श्री क्षत्री आज श्री पूर्वी पृतना हे.क्वा. ईटहरीमा मुकाम रहनु हुने र उहाँले भोली मिति २०७४ माघ १४ गते ईटहरीस्थित श्री नं. १ राजदल गण, सिराहा जिल्लाको चोहर्वास्थित श्री नं. २७ बाहिनी अड्डा र बारा जिल्लाको जितपुरस्थित श्री नं. २८ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।