प्रधान सेनापतिद्वारा ‘नेपाली सेना सम्बन्धि फोटो तथा विविध प्रदर्शनी’ को समुद्घाटन

१. ‘सेना दिवस २०७४’ को उपलक्ष्यमा नेपाली सेनाले जंगी अड्डा परिसरमा आयोजना गरेको ‘नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म’ भन्ने थिममा आधारित फोटो तथा अन्य विविध प्रदर्शनीको आज मिति २०७४/१०/२५ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा एक विशेष समारोहकाबीच समुद्घाटन गर्नु भएको छ ।

२. मिति २०७४ माघ २७ गतेसम्म ३ दिन विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने उक्त बृहत प्रदर्शनीमा फोटो प्रदर्शनीको अतिरिक्त नेपाली सेनाको एतिहासिक हतियार, उपकरण, पोशाक लगायतको प्रदर्शनी गरिएको छ । उक्त प्रदर्शनी सर्वसाधारणहरुको लागि खुल्ला गरिएको र प्रवेश निःशुल्क रहेको छ ।

३. यस किसिमको प्रदर्शनीले नागरिक–सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत पुग्नुको साथै उक्त प्रदर्शनी सर्वसाधारण व्यक्तिको लागि रोचक र ज्ञानवर्धक हुने विश्वास नेपाली सेनाले लिएको छ ।