‘पृतनापति समन्वयात्मक बैठक २०७४’ सम्पन्न

१. आज मिति २०७४ माघ २५ गते जङ्गी अड्डामा एक दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७४’ सम्पन्न भएको छ ।

२. समन्वयात्मक बैठकको शुभारम्भमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । समन्वयात्मक बैठकको क्रममा सम्बन्धित विभागहरुबाट वस्तुस्थितिको विश्लेषण तथा समिक्षा प्रस्तुत भएको थियो भने सबै पृतनापतिहरुले आ–आफ्ना बिषयबस्तुहरुको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

३. कार्यक्रमको अन्त्यमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले समापन मन्तव्य व्यक्त गर्नुहुँदै पेशागत दक्षतालाई थप अभिवृद्धि गर्न तालिम तथा बन्दोबस्तीमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिनु भएको छ ।

४. उक्त समन्वयात्मक बैठकमा रक्षा सचिव श्री विनोद के.सी., बलाध्यक्ष रथी, सबै पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिति रहेको थियो ।

५. नियमित रुपमा सञ्चालन हुने यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पुर्याउन थप सहयोग पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।