मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्यासिफिकका Commanding General Robert B. Brown द्वारा नेपाल भ्रमण सम्पन्न

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको निमन्त्रणामा ४ (चार) दिने नेपालको औपचारिक भ्रमणको लागि मिति २०७४ माघ २५ गते नेपाल आउनु भएका मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्यासिफिकका Commanding General Robert B. Brown भ्रमण सम्पन्न गरी आज मिति २०७४ माघ २८ गते स्वदेश फिर्ता हुनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी श्री हेमन्तराज कुंवरले बिदाई गर्नु भएको थियो ।

२. नेपाल भ्रमणको दौरान उहाँले प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्नुको साथै प्रकृति संरक्षण, विपद् व्यवस्थापन तथा शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्‍याउदै आएको योगदान र थप प्रभावकारी कार्यान्वयनको लागि भईरहेको तयारी सम्बन्धमा जानकारी हासिल गर्नु भएको थियो । सोही क्रममा उहाँले नेपाली सेनाले प्रकृति संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा समेत गर्नु भएको थियो । नेपालमा रहँदा General Robert B. Brown ले काठमाण्डौं उपत्यका भित्रका केही महत्वपूर्ण पर्यटकीय स्थानहरुको समेत भ्रमण गर्नु भएको थियो ।

३. नेपाल र मित्रराष्ट्र अमेरिकी सेना बिच विगत लामो समयदेखि सुमधुर सम्बन्ध रही आएको र अमेरिकी सेनाबाट नेपाली सेनालाई तालिमका पूर्वाधार निर्माण, हातहतियार तथा सैनिक उपकरणहरु, पेशागत ज्ञान अभिबृद्धिको लागि तालिम प्रदान लगायतका अन्य क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।