'Non Traditional Military role, what is the right Approach for Nepali Army (NA)' विषयक सम्मेलन सम्पन्न

१. आज मिति २०७४ माघ २८ गते शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा माननीय रक्षामन्त्री श्री भिमसेनदास प्रधानको प्रमुख आतीथ्यतामा 'Non Traditional Military role, what is the right Approach for Nepali Army (NA)' विषयक एक दिने सम्मेलन सम्पन्न भएको छ ।

२. उक्त सम्मेलनको माननीय रक्षामन्त्री श्री भिमसेन दास प्रधानले समुद्घाटन गर्नु भएको थियो । समुद्घाटन मन्तव्यको क्रममा सम्बोधन गर्नु हुँदै नेपालको एकीकरणमा नेपाली सेना र नेतृत्व वर्गले पु¥याएको योगदानले नै नेपाल राष्ट्रको स्वाधिनता, भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमिकताको रक्षा गर्न सफल भएको बताउनु भएको भयो । उहाँले शितयुद्धको अन्त्यसँगै कयौं देशहरुमा सेनालाई आफ्नो परम्परागत जिम्मेवारीको अलावा अन्य जिम्मेवारीहरु दिईएको उदाहरणहरु रहेको समेत बताउनु भएको थियो । सोही क्रममा उहाँले राष्ट्रको आवश्यकता एवं समयले माग गरे अनुसारको परिस्थितिमा नेपाली सेनाले पनि विकास निर्माण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्य, प्रतिविद्रोह, मानवीय सहायता जस्ता कार्यहरु उदाहरणीय रुपमा गर्दै आईरहेको बताउनु भएको थियोे ।

३. उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले समेत आफ्नो मन्तव्य राख्नु भएको थियो ।

४. उक्त सम्मेलनका सहभागीहरुलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाले आफ्नो परम्परागत जिम्मेवारी अन्तर्गत राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, स्वतन्त्रता एवं सार्वभौमिकताको रक्षा गर्दै आएको र आफ्नो प्राथमिक जिम्मेवारीको अलावा विपद् व्यवस्थापन तथा मानवीय सहायता, राष्ट्रिय विकास, प्रकृति संरक्षण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याईरहेको बताउनु भएको थियो । सम्बोधन कै क्रममा उहाँले विश्वका धेरै राष्ट्रहरुले आफ्नो सैनिक जनशक्तिलाई राष्ट्रिय सुरक्षा तथा राष्ट्रिय गौरवका रणनैतिक महत्वका आयोजना कार्यान्वयनमा लगाउने गरेको समेत उल्लेख गर्नु भयो ।

५. तीन चरणमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत पहिलो चरणमा सहभागीहरुले 'Non Traditional Military role, what is the right Approach for Nepali Army (NA)' सन्दर्भमा छलफल गर्नु भएको थियो भने दोस्रो चरणमा विश्व मानचित्रमा नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरुमा अपरम्परागत सैनिक भुमिकाको अभ्यासमा केन्द्रित रही छलफल भएको थियो र तेस्रो चरणमा वर्तमान र भविश्यमा नेपाली सेनाको अपरम्परागत सैनिक भुमिका सन्दर्भमा छलफल भएको थियो । सो छलफल कार्यक्रममा सम्बन्धित विषय विज्ञहरु, नेपाली सेनाका अवकाश प्राप्त रथीवृन्द तथा वुद्धिजीवीहरुको समेत सहभागिता रहेको थियो ।

६. यसअघि सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी श्री प्रल्हाद थापाले स्वागत मन्तव्य राख्नु भएको थियो भने उक्त सम्मेलनको समापन बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले गर्नु भएको थियो ।

७. उक्त सम्मेलनमा नेपाल सरकारका बिशिष्ट पदाधिकारीहरु, अन्य सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु, एवं सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमरत स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरु लगायत अन्य सैनिक अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।