Multinational Communication Interoperability Programme (MCIP), Staff Workshop-2 कार्यक्रम प्रारम्भ

१. आज मिति २०६७ चैत्र २१ गते नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको Pacific Command (USPACOM) को संयुक्त आयोजनामा काठमाण्डौंस्थित होटल याक एण्ड यतीमा Multinational Communication Interoperability Programme (MCIP), Staff Workshop-2 विषयक पाँचदिने कार्यक्रमकोे एक समारोहका बीच युद्धकार्य महानिर्देशक उपरथी श्री गौरव शमशेर ज.ब.रा.ले उद्घाटन गर्नुभयो । २. Asia Pacific क्षेत्रका राष्ट्रहरुबीच विपद्को दौरान प्रयोग हुने मिलापका उपकरणहरुको वस्थापन सम्बन्धी योजना तथा तयारीलाई जोड दिई आवश्यक परेको खण्डमा फौजलाई मिलापको व्यवस्था गरी जोखिम न्यूनिकरण गर्न सहयोग पु¥याउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । Asia Pacific क्षेत्रका राष्ट्रहरुबीच Interoperability कायम गरी Humanitarian Assistant तथा Disaster Relief Operation असरदार बनाउन यस कार्यक्रमले अहम भुमिका खेल्ने विश्वास लिइएको छ । विगतमा घटेका विभिन्न ठुला प्राकृतिक प्रकोप तथा Man-Made Disaster का घटनाहरुलाई अध्ययन गर्दा समयमै आबश्यक पहल लिन सकेको खण्डमा धेरै हदसम्म धनजनको क्षती हुनबाट बचाउन सकिन्छ । ३. वहु राष्ट्रिय सेनाबीच असरदार मिलाप कायम गर्ने हेतुले USPACOM को पहलमा सन् २००५ देखि सञ्चालन हुँदै आएको विभिन्न गोष्ठी एवं कार्यक्रममा निरन्तर सहभागिता जनाउँदै आएको नेपाली सेनाबाट हालसम्म १५ जना अधिकृतहरुले सो कार्यक्रममा भाग लिइसकेका छन् । ४. कार्यक्रममा अमेरिका, अष्ट्रेलिया, बंगलादेश, ब्रुनाई, भारत, इण्डोनेसिया, मलेसिया, माल्दीभ्स, मंगोलिया, न्यूजिल्याण्ड, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाईल्याण्ड, टोङ्गा, भियतनाम, पापा न्यू गिनी, कम्बोडिया, टुभालुगरि जम्मा १९ राष्ट्रका ८० तथा नेपाली सेनाका १४ सहित जम्मा ९४ जना अधिकृतहरुको सहभागीता रहेको छ । ५. यही चैत्र २५ गते समापन हुने उक्त तालिमको प्रथम प्रवचनको अवसरमा नेपाली सेनाका अधिकृत तथा अमेरिकी राजदूतावासबाट दैवी प्रकोप व्यवस्थापन प्रतिनिधिको समेत उपस्थिती रहेको थियो ।