प्रधानसेनापति र मित्रराष्ट्र भारतका भारतीय सेनाध्यक्ष General Bipin Rawat बीच भेटवार्ता

१. आज मिति २०७४ फाल्गुन ०१ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र भारतका सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी General Bipin Rawat ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । भेटवार्तामा उहाँहरु बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

२. यसअघि, उहाँले आजै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भएको थियो भने उहाँको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

३. भ्रमण सम्पन्न गरी उहाँ मिति २०७४/११/०२ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।