प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७४ फाल्गुन ०७ गते श्री पश्चिम पृतना हे.क्वा. अन्तर्गत तनहुँ जिल्लाको खैरेनीटारस्थित श्री नं.३ राजदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले उक्त गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भई श्री नं.३ बाहिनी अड्डा खैरेनीटारमा मुकाम रहनु हुने कार्यक्रम रहेको छ ।

३. उहाँले मिति २०७४ फाल्गुन ०८ गते लम्जुङ जिल्लास्थित श्री श्रीजंग गणमा संचालन भईरहेको सामुहिक तालिम ईलाकाको निरिक्षण, राइनस कोतस्थित द्रब्य शाहको कोत अवलोकन तथा दोश्रो बेसी शहर लम्जुङ महोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागि हुनु भई काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।