प्रधानसेनापति महारथी श्री गुरुङ्गद्धारा अमेरिकी सेनाका रथीबृन्दहरुसंग शिष्टाचार भेटघाट

१. मित्रराष्ट्र अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग भ्रमणको सिलसिलामा हिजो मिति २०६७ चैत्र २१ गते Lt Gen Charles H Jacoby, Jr. Director Strategic Plans and Policy सँग पेन्टागनमा शिष्टाचार भेटवार्ता गर्नुभयो । त्यसपश्चात पेन्टागनमा नै उहाँले Lt Gen William Troy, Director of Army Staff सँग भेटवार्ता गर्नुभयो । सो क्रममा उहाँहरुवीच सैनिक तालिम आदान प्रदान लगायत अन्य आपसी हितका विषयहरुमा समेत छलफल भएको थियो । २. प्रधानसेनापति महारथी श्री गुरुङ्ग अमेरिकी सरकारको औपचारिक निमन्त्रणामा मिति २०६७ चैत्र १२ गते अमेरिका प्रस्थान गर्नु भई ऐ. को २७ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।