राष्ट्रिय सेवा दलद्वारा संचालित सिनियर डिभिजन १३ औं ब्याच तालिमको दीक्षान्त समारोह सम्पन्न

१. आज मिति २०७४ फाल्गुन १६ गते राष्ट्रिय सेवा दलद्वारा उपत्यका भित्रका १३ वटा विद्यालयहरु सम्मिलित गराई संचालित सिनियर डिभिजन १३ औं ब्याच तालिमको दीक्षान्त समारोह राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लगनखेल स्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सम्पन्न भएको छ ।

२. उक्त दीक्षान्त समारोहमा काठमाण्डौं, भक्तपुर तथा ललितपुर जिल्लाका १३ विद्यालयहरुका ५४० जना छात्र/छात्राहरुले दीक्षान्त कवाज प्रदर्शन गर्नुका साथै खुकुरी ड्रिल, तेक्वान्दो पि.टी., एरोविक्स, मास पि.टी., आईकिदो तथा सामुहिक नृत्यहरु उत्कृष्ट ढंगले प्रदर्शन गरेका थिए ।

३. उक्त कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री ओलीले वार्षिक सामुहिक क्याम्पमा सर्वोत्कृष्ट हुने छात्रा सैनिक आवासीय महाविद्यालय भक्तपुरका क्याडेट बेली लामा र सर्वोत्कृष्ट छात्र सोहि महाविद्यालयका विकास खाँण ठकुरी तथा वार्षिक सामुहिक क्याम्पमा सर्वोत्कृष्ट हुने से.मु. सैनिक आवासीय महाविद्यालको “क” गुल्मको नं.१ से.मु.लाई पुरस्कार प्रदान गर्नुका साथै सर्वोत्कृष्ट छात्र÷छात्राहरुलाई दज्र्यानी चिन्ह, शिल्ड तथा प्रमाण–पत्र प्रदान गर्नु भएको थियो । त्यसैगरी उहाँले राष्ट्रिय सेवा दलद्वारा प्रकाशित "Coffee Table Book" को समेत विमोचन गर्नु भएको थियो । कार्यक्रमकै क्रममा उहाँले उक्त कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याएका विद्यालयहरुलाई प्रशंसा पत्र समेत प्रदान गर्नु भएको थियो ।

४. उक्त दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी सम्माननीय प्रधानमन्त्री श्री ओलीले राष्ट्रिय सेवा दलको तालिममा छनौट भई १०० दिन अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरी दिक्षित हुनुहुने क्याडेट छात्रछात्राहरुलाई हार्दिक बधाई दिनु हुँदै सर्वोत्कृष्ट समाजको निर्माणको लागि युवा अबस्थामा आफ्नो मनोवल उच्च राख्दै कुशल नेतृत्वको बिकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै, आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोलाई पुरा गर्न सबल नागरिक बन्ने कार्यमा यस तालिम फलदायी हुने विश्वास व्यक्त गर्नु भएको छ । सोही क्रममा उहाँले नेपाली सेनाको निरन्तर प्रयासबाट सेवा दलको तालिमको दायरा भविष्यमा अझै फराकिलो र तालिमको स्तर अझै उत्कृष्ट हुंदै जानेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो । सम्बोधन कै सिलसिलामा समस्त युवावर्गलाई राष्ट्र विकास र देशभक्तिको पाठ सिकाउने तथा विपद्को समयमा उद्धार एवं सामाजिक सेवामा समर्पित युवा तयार गर्ने अभिप्रायले सञ्चालित यस किसिमको फलदायी तालिम उत्कृष्ट रुपमा सञ्चालन गर्दै आएकोमा नेपाली सेना, स्थानिय निकाय, बिद्यार्थीहरु सहभागि गराउने बिद्यालयहरु तथा आफ्ना छोरा/छोरीहरुलाई तालिममा सहभागि गराउने अभिभावकहरुलाई धन्यवाद समेत दिनु भएको थियो ।

५. उक्त अवसरमा राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी श्री रमीन्द्र क्षत्री (पी.एच.डी.) ले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो क्रममा उहाँले देशभरका युवाहरूलाई समयानुकूल व्यावहारिक र वैज्ञानिक ढा“चाको तालिम दिएर ‘स्मार्ट यूथ’ बनाउने र तिनै ‘स्मार्ट यूथ’ हरूको बल र विवेकका आधारमा राष्ट्रको गरिमा र विकासलाई माथि उठाउने बृहत्तर लक्ष्य हासिल गर्नका लागि राष्ट्रिय सेवा दलको थप क्षमता विस्तारको आवश्यकता रहेको कुरा बताउनु हुँदै उहाँले दीक्षान्त समारोहमा गरिमामय उपस्थिति जनाउनु भएका राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णलाई धन्यबाद दिनु भएको थियो ।

६. युवा शक्तिको महत्व तथा आवश्यकतालाई मनन गरि वि.सं.२०२२ साल कार्तिक ७ गते नेपाली सेनाको मातहतमा रहने गरि स्थापना भएको राष्ट्रिय सेवा दलले हालसम्म ३५,९६८ जना छात्र/छात्राहरुलाई सफलतापूर्वक तालिम प्रदान गरिसकेको छ ।

७. उक्त कार्यक्रममा सह–संरक्षक तथा माननीय रक्षामन्त्री श्री ईश्वर पोखरेल, प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री, विभिन्न मन्त्रालयका सचिवहरू, रथीबृन्दहरु, सशस्त्र प्रहरी बलका महानिरिक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल सरकारका अधिकृतहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरु, संचारकर्मीलगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।