सम्माननीय प्रधानमन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण

१. आज मिति २०७४ चैत्र ९ गते सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले समसामयिक विषय तथा नेपाली सेना सम्बन्धी जानकारी लिने उद्धेश्यले जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. उक्त कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

३. त्यसैगरि, कार्यक्रमकै दौरान सम्बन्धित विभागका रथीबृन्दहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराउनुको साथै नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, आन्तरीक सुरक्षा, कल्याणकारी कार्यहरु र नेपाली सेनाको संगठन तथा नीति नियम सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियोे ।

४. निर्देशनको क्रममा सम्माननीय प्रधानमन्त्री श्री ओलीले नेपाली सेनाले राष्ट्रिय स्त्तरमा गरेको विकास निर्माण, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण जस्ता कार्यहरुमा पु¥याएको योगदानको लागि धन्यवाद दिनु भयो । निर्देशन कै क्रममा उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा विश्व शान्ति स्थापनार्थ गरेको कार्यहरुको प्रशंसा गर्नु हुदैं नेपाली सेनालाई साधन श्रोत सम्पन्न बनाई सुदृढ एवम् थप क्षमतावान बनाउन नेपाल सरकारले पुर्ण सहयोग गर्ने दृढता व्यक्त गर्नु भयो । सोही क्रममा उहाँले स्थानीय, प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको दौरान श्रृजना भएको असहज परिस्थितीमा समेत नेपाली सेनाले पु¥याएको योगदानले नेपाली सेना जनतामाझ सम्मानित भएको समेत उल्लेख गर्नु भएको थियो । साथै, उहाँले नेपाली सेनाले राज्यमा आईपर्न सक्ने जस्तोसुकै चुनौतिहरुलाई पनि सामना गर्न सक्ने गरी तयार रहनु पर्नेमा जोड दिँदै नेपाली सेना आफ्नो मुल्य मान्यताहरुमा कायम रही कर्तव्य पुरा गर्नेमा आफु पूर्णरुपले विश्वस्त रहेको बताउनु भएको थियो ।

५. कार्यक्रमको दौरान माननीय रक्षा मन्त्री श्री ईश्वर पोखरेलले समेत मन्तव्य राख्नु भएको थियो । साथै, बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले समापन मन्तव्य राख्नु हुंदै कार्यक्रममा उपस्थित सम्पूर्ण मानुभावहरुलाई धन्यवाद दिनु भयो ।

६. उक्त कार्यक्रममा माननीय गृहमन्त्री श्री राम बहादुर थापा, माननीय अर्थमन्त्री श्री युवराज खतिवडा, मनानीय परराष्ट्रमन्त्री श्री प्रदीप ज्ञवाली, रक्षा सचिव, प्रधानमन्त्री कार्यालयका पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।