प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री कङ्गोस्थित MONUSCO मिशन तथा दक्षिण सुडानस्थित UNMISS मिशनको निरीक्षण भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ रहेको प्रजातान्त्रिक गणतन्त्र कङ्गो (Democratic Republic of Congo) स्थित MONUSCO मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्ट र दक्षिण सुडानस्थित ग्ल्ःक्ष्क्क् मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्टको निरिक्षण भ्रमणको लागि मिति २०७४/१२/१९ गते प्रस्थान गर्नु भएका प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री भ्रमण सम्पन्न गरी आज मिति २०७४/१२/२६ गते स्वदेश फिर्ता हुनु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले नेपाली कन्टिन्जेण्टको स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । भ्रमणकै दौरान उहाँले कङ्गोस्थित MONUSCO मिशनका एक्टिङ फोर्स कमाण्डर Major Gen Bernard Commins, इतुरी बिग्रेडका ब्रिगेड कमाण्डर Brig Gen Ihteshamus Samad Choudhury, केन्द्रिय सेक्टरका कमाण्डर Brig Gen Vivek Tyagi, एक्टिङ हेड अफ अफिस Mr. Salami Adam तथा अन्य उच्च पदाधिकारीहरु लगायत उक्त मिशनमा कार्यरत नेपाली गैर सैनिक कर्मचारीहरु तथा दक्षिण सुडानस्थित UNMISS मिशनमा दक्षिण सुडानका सेना प्रमुख Gen James Ajonga Mawut Unguec Ajonga, संयुक्त राष्ट्रसंघको महासचिवका विशेष प्रतिनिधी (SRSG) Mr. David Shearer, फोर्स कमाण्डर Leiutenant Gen Frank Mushyo Kamanzi, वेष्ट्रन लेक स्टेट रुमबेकका गर्भनर Major Gen Matur Chut Dhuol भेटघाट तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।

३. प्रधान सेनापति श्री क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले स्वागत गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाण्डौस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

४. शान्ति स्थापनार्थ तैनाथ स्थानहरुमा सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमण र संयुक्त राष्ट्रसंघका पदाधिकारीहरुसंगको भेटघाटले नेपाली सेनाको अन्तर्राष्ट्रिय छवि प्रबद्र्धन हुनुको साथै नेपाली शान्ति सैनिकहरुको हौसला अभिबृद्धि गर्न थप मद्दत पुग्ने तथा संयुक्त राष्ट्रसंघ, नेपाल र सम्बन्धित राष्ट्रबीच रहंदै आएको सौहार्दपूर्ण सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।