नेपाली सेनाका विकास शाही अन्तर्राष्ट्रिय स्तरको म्याराथुन दौडमा प्रथम

१. यही मिति २०६७ चैत्र १३ गते (तदनुसार २७ मार्च २०११) लेबनानको बेरुत स्थित Inter-Lebanon Road Running and Athletics Club द्वारा आयोजित अन्तर्राष्ट्रिय स्तरको Cedar Green Marathon 2011 मा नेपाली सेनाका धावक हुद्दा (हवल्दार) विकास शाहीले प्रथम स्थान हासिल गर्नु भएको छ । २. संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ लेवनानमा तैनाथ श्री युद्धभैरव गण (शान्ति सेना) ४९ औं डफ्फाबाट सहभागी भएका हुद्दा शाहीले ४२.१९५ कि.मी. दुरी दुई घण्टा ४० मिनेट ४० सेकेण्डमा पूरा गर्नुभएको थियो । म्याराथुन दौडमा शान्ति स्थापनार्थ तैनाथ नेपाल लगायत ईन्डोनेसिया, चीन, भारत, फ्रान्स, स्पेन गरी जम्मा ६ राष्ट्र तथा लेवनानबाट समेत गरी जम्मा १४० जनाको सहभागीता रहेको थियो । उक्त दौडमा लेवनान र इन्डोनेसियाले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए । ३. सो म्याराथुन दौडमा प्रथम भएका शाहीले पुरस्कार स्वरुप १ हजार ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नु भएको छ भने निकट भविष्यमा जर्मनीमा आयोजना हुने Green Marathon मा उक्त क्लवको सम्पूर्ण प्रायोजनमा सहभागी हुने अवसर समेत पाउनु हुने भएको छ ।