प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा अन्तिम दलेल कवाजको निरीक्षण

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७५ वैशाख ०४ गते रुपन्देही जिल्लामा तैनाथ श्री नं.२ तालिम गणमा सञ्चालन भएको सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाजको निरीक्षण गर्नु भएको छ ।

२. कवाज निरीक्षण पश्चात सम्बोधनमा प्रधानसेनापति श्री क्षत्रीले गरिमामय इतिहास बोकेको नेपाली सेनाको सिपाही दर्जामा नियुक्त हुनु भएका सम्पूर्णलाई हार्दिक बधाई दिनु हुँदै सफल सैनिक जीवनको शुभकामना व्यक्त गर्नु भएको थियो । सोहि क्रममा उहाँले आफ्ना सन्तती तथा प्रियजनलाई नेपाली सेनामा प्रवेश गराई देश र जनताको सेवा गर्न प्रोत्साहित गर्नु हुने अभिभावक तथा परिवारजनहरुलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो ।

३. उक्त सैन्य आधार तालिमका २४९ जना शिक्षार्थीहरुले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए भने सो तालिममा प्रथम हुने सैन्य केशर बहादुर बिष्टलाई प्रधानसेनापति श्री क्षत्रीले खुकुरी र प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो ।

४. प्रधानसेनापति श्री क्षत्री अन्तिम दलेल कवाजको निरीक्षण सम्पन्न गरी आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।