प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा अभ्यासको निरीक्षण

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७५ वैशाख ०६ गते मध्य पृतना हे.क्वा.मा सञ्चालित Field Training Exercise (अभ्यास) को निरीक्षण गर्नु भएको छ ।

२. सोहि क्रममा उहाँले तालिम ईलाकाको स्थलगत वस्तुस्थिति, बन्दोबस्ती, Field Training Exercise मा सहभागी भएका शिक्षार्थीहरुले प्रदर्शन गरेको Demonstration को अवलोकन लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै Field Training Exercise मा भाग लिने फौजलाई सम्बोधन गर्नु भएको थियो ।

३. प्रधानसेनापति श्री क्षत्री Field Training Exercise को निरीक्षण सम्पन्न गरी आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।