प्रधानसेनापति महारथी श्री गुरुङ्ग Hall of Fame Induction Ceremony मा सरिक

१. मित्रराष्ट्र अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग भ्रमणको सिलसिलामा हिजो मिति २०६७ चैत्र २४ गते (तदनुसार 07 April 2011) Command & Staff College, Fort Leavenworth, Kansas मा आयोजित Hall of Fame Induction Ceremony मा सरिक हुनुभयो । २. महारथी गुरुङ्गले सन् १९८५÷८६ मा सोहि संस्थानबाट Command & General Staff Course गर्नु भएको थियो र उक्त कोर्समा अमेरिकी शिक्षार्थीहरुको अतिरिक्त ६२ ओटा मुलुकका ९९ जना विदेशी शिक्षार्थी (International Officers) हरु सहभागी थिए । जुन कोर्सबाट Hall of Fame मा Induction हुने प्रधान सेनापति महारथी गुरुङ्ग पाँचौ व्यक्ती हुनु हुन्छ । ३. प्रधानसेनापति महारथी श्री गुरुङ्ग अमेरिकी सरकारको औपचारिक निमन्त्रणामा मिति २०६७ चैत्र १२ गते अमेरिका प्रस्थान गर्नु भएको थियो ।