प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७५ वैशाख ०९ गते श्री मध्य पश्चिम पृतना अन्तर्गत कपिलबस्तु जिल्लामा तैनाथ श्री नारायणदल गण, कैलाली जिल्लामा तैनाथ श्री नं.५ बाहिनी अड्डा र डोटी जिल्लामा तैनाथ श्री सूदुर पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले उक्त पृतना, बाहिनी तथा गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

३. उहाँ आज श्री सूदुर पश्चिम पृतना हे.क्वा. दिपायलमा मुकाम रहनु हुने र भोली मिति २०७५ वैशाख १० गते काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।