प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७५ वैशाख १० गते श्री सूदुर पश्चिम पृतना अन्तर्गत बाजुरा जिल्लाको खप्तडमा तैनाथ श्री गुरुगोरख गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले उक्त गुल्मको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

३. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति श्री क्षत्री आजै काठमाण्डौं फिर्ता हुनु भएको छ । भ्रमणको शिलसिलामा उहाँ हिजो मिति २०७५ वैशाख ०९ गते डोटी जिल्लामा तैनाथ श्री सूदुर पश्चिम पृतना हे.क्वा.तर्फ प्रस्थान गर्नु भएको थियो ।