UNMISS मिशनमा कार्यरत नेपाली शान्ति सैनिकबाट भएको भनिएको SEA (Sexual Exploitation and Abuse) को घटना सम्वन्धमा

१. दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघको मिशन United Nations Mission in South Sudan (UNMISS) को Sector West अन्तरगत नेपाली शान्ति सैनिक खटिएको Aweil सुरक्षा वेशमा महिलाहरु पेरिमिटर तारबाट जवरजस्ती भित्र छिर्न खोज्दा भएको घटना सम्वन्धमा विभिन्न अनलाइन तथा प्रिन्ट मिडियाहरुमा विभिन्न कोणबाट समाचार प्रकाशन भएको प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

२. सो घटना सम्वन्धमा UNMISS मिशन मुख्यालयसँगको समन्वय तथा सहकार्यमा छानविन समिति (Board of Inquiry) गठन गरी कार्य अघि बढिसकेको छ । नेपाली सेनाले SEA (Sexual Exploitation and Abuse) मा शुन्य सहनशिलताको नीतिलाई कडाइका साथ लागु गरिरहेको सन्दर्भमा उक्त छानविन समितिको रिपोर्टमा नेपाली शान्ति सैनिक दोषी पाइएमा सैनिक ऐन अनुसार कारवाहि गरिने स्पष्ट गर्न चाहन्छौँ ।