मित्रराष्ट्र थाईल्याण्डका Royal Thai Armed Forces का Chief of Defence Forces द्वारा नेपाल भ्रमण सम्बन्धमा

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा ४ दिने नेपाल भ्रमणको सिलसिलामा मित्रराष्ट्र थाईल्याण्डका Royal Thai Armed Forces का Chief of Defence Forces, General Tarnchaiyan Srisuwan भोली मिति २०७५/०१/१९ गते काठमाण्डौं आई पुग्नु हुने कार्यक्रम रहेको छ ।

२. नेपाल भ्रमणमा रहँदा उहाँले सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री तथा माननीय रक्षामन्त्रीसँग भेटघाट गर्नु हुने कार्यक्रम रहेको छ । साथै, उहाँले प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको छ । भ्रमणको दौरान उहाँले पोखरा, लुम्विनीलगायत अन्य केहि पर्यटकिय स्थानहरुको भ्रमण गर्नुको साथै पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नु हुने कार्यक्रमसमेत रहेको छ । भ्रमण सम्पन्न गरी उहाँ मिति २०७५/०१/२२ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

३. उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र थाईल्याण्डको राष्ट्रिय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई Military Diplomacy को माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।