मित्रराष्ट्र थाईल्याण्डका Royal Thai Armed Forces का Chief of Defence Forces, General Tarnchaiyan Srisuwan द्वारा नेपाल भ्रमण

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा ४ दिने नेपाल भ्रमणको सिलसिलामा मित्रराष्ट्र थाईल्याण्डका Royal Thai Armed Forces का Chief of Defence Forces, General Tarnchaiyan Srisuwan आज मिति २०७५/०१/१९ गते काठमाण्डौ आई पुग्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले स्वागत गर्नु भएको थियो ।

२. General Srisuwan ले आजै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भएको थियो भने जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो । साथै प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री र General Srisuwan बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको थियो । सोहि अवसरमा उहाँलाई जंगी अड्डामा आयोजित छुट्टै कार्यक्रममा नेपाली सेना सम्बन्धी विविध विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

३. भ्रमणको दौरान उहाँले पोखरा, लुम्बिनीलगायत अन्य केहि पर्यटकिय स्थलहरुको भ्रमण गर्नुको साथै पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नु हुने कार्यक्रमसमेत रहेको छ । भ्रमण सम्पन्न गरी उहाँ मिति २०७५/०१/२२ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।