Hospital Preparedness for Emergencies (HOPE) तालिम सम्पन्न

१. नेपाली सेना, Asian Disaster Preparedness Center तथा Institute of Medicine (TU) को संयुक्त प्रायोजनमा मिति २०६७ चैत्र २२ गतेबाट जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सञ्चालन भएको चारदिने Hospital Preparedness for Emergencies (HOPE) तालिमको आज मिति २०६७ चैत्र २४ गते सो क्लबमा आयोजित एक कार्यक्रमका बीच व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री गौरव शम्शेर ज.ब.रा.ले समापन गर्नुभयो । २. आपतकालीन परिस्थितिमा स्वास्थ्यसम्बन्धी संरचनात्मक÷गैरसंरचनात्मक (Structural /Non-structural) तथा संगठनात्मक सरोकारका विषयहरुसँग सामना गर्न एवं स्वस्थ्यसम्बन्धी उपयुक्त योजनाहरु बनाई त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा नेपाली सेनाको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित उक्त तालिममा नेपाली सेनाका ११ जना महिलासहित २७ जना मेडिकल तथा ननमेडिकल सैनिकहरु सहभागी रहेका थिए । ३. कार्यक्रममा Institute of Medicine=(TU) का डीन डा.श्री अरुण सायमी, HOPE का संयोजक प्रा.डा.श्री प्रदिप बैद्यलगायत नेपाली सेनाका बरिष्ठ अधिकृत तथा डा.अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।