मित्रराष्ट्र थाईल्याण्डका Royal Thai Armed Forces का Chief of Defence Forces, General Tarnchaiyan Srisuwan द्वारा नेपाल भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा ४ दिने भ्रमणको सिलसिलामा मिति २०७५/०१/१९ गते नेपाल आउनु भएका मित्रराष्ट्र थाईल्याण्डका Royal Thai Armed Forces का Chief of Defence Forces, General Tarnchaiyan Srisuwan भ्रमण सम्पन्न गरी आज मिति २०७५/०१/२२ गते स्वदेश फिर्ता हुनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी श्री हेमन्तराज कुँवरले बिदाई गर्नु भएको थियो ।

२. General Srisuwan नेपालमा रहँदा सम्माननीय राष्ट्रपति, माननीय रक्षामन्त्री र प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग छुट्टा–छुटै भेटवार्ता गर्नु भएको थियो । सोहि क्रममा उहाँले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नुको साथै महत्वपूर्ण पर्यटकिय स्थल लुम्बिनी र पोखराको समेत भ्रमण गर्नु भएको थियो ।

३. उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र थाईल्याण्डको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कुटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास लिईएको छ ।