प्रधानसेनापति र नेपालका लागि जापानका महामहिम राजदूतबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ वैशाख २४ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित मित्रराष्ट्र जापानका महामहिम राजदुत H.E. Masashi Ogawa ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री क्षत्री र महामहिम H.E. Masashi Ogawa बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।